विश्वभर एक वर्षमा ४७ हजार महिला-बालिकाको हत्या « Khabarhub

विश्वभर एक वर्षमा ४७ हजार महिला-बालिकाको हत्या

अधिकांश अभियुक्त आफन्तै


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको पाइएको छ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार औसतमा प्रत्येक घण्टा पाँच महिला तथा बालिका आफ्नै नजिकका व्यक्तिबाट मारिने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला संस्था (यूएन वुमन) र लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (यूएनओडीसी) ले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार दैनिक औसत १२९ महिला तथा बालिकाले आफ्नै नजिकका व्यक्तिबाट हुने हत्याका कारण ज्यान गुमाउने गरेका छन् । पछिल्ला केही वर्षयता यस्तो हत्याको सङ्ख्या वार्षिक ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ । यसमा उल्लेख्य सुधार हुन सकेको छैन ।

प्रतिवेदन तयार पार्न १२२ देश तथा क्षेत्रका तथ्याङ्क विश्लेषण गरिएको थियो । सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये महिला १९ प्रतिशत थिए । तर हत्या गरिएका महिलामध्ये ६० प्रतिशतको ज्यान निजी तथा पारिवारिक परिवेशमा गएको थियो । पुरुषको हकमा भने हत्या गरिएकामध्ये ११ प्रतिशत मात्र निजी तथा पारिवारिक परिवेशमा मारिएका थिए ।

महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा सार्वजनिक प्रतिवेदनले कुनै पनि क्षेत्र महिला तथा बालिकाका लागि पूर्ण रूपमा सुरक्षित नरहेको देखाएको छ ।

क्षेत्रगत रूपमा घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । त्यस्तै, एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० महिला तथा बालिकाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी रूपमा हत्याका घटनामा कमी आए पनि महिला हत्याको दर घट्ने गति भने सुस्त रहेको प्रतिवेदनले औँल्याएको छ । विशेषगरी अमेरिका र युरोपमा महिला हत्याको दर क्रमशः घटिरहेको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले महिला हत्याका घटनाको प्रमुख कारणका रूपमा सामाजिक मान्यता, लैङ्गिक विभेद र रूढिवादी सोचलाई औँल्याएको छ । साथै, न्याय प्रणालीसम्म महिलाको पहुँचमा रहेका अवरोधले यस्ता अपराध नियन्त्रण गर्न थप चुनौती सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले घरेलु हिंसा नियन्त्रणका प्रयासलाई घनिष्ठ सम्बन्धमा हुने हिंसामा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीच हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

नारीहत्याले महिला तथा बालिकालाई उनीहरूको लिङ्गका आधारमा गरिने हत्यालाई जनाउँछ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट हुने हत्याका अतिरिक्त सङ्गठित अपराध, जबर्जस्ती श्रम र मानव बेचबिखनसँग सम्बन्धित केही हत्यासमेत यसमा समेटिन्छन् ।

तर निजी तथा पारिवारिक परिवेशबाहिर हुने नारीहत्यासम्बन्धी पर्याप्त तथ्याङ्क उपलब्ध नहुँदा यस्ता घटनाको वास्तविक विश्वव्यापी परिमाण आकलन गर्न कठिन रहेको प्रतिवेदनले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : ०४ बजे

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ– गल्छी गाउँपालिका –०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट

विश्वभर एक वर्षमा ४७ हजार महिला-बालिकाको हत्या

एजेन्सी- विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको

चलचित्र जाँचमा हाइब्रिड मोडेल अपनाउन सकिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँचका सम्बन्धमा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा