रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग चीनको आग्रह « Khabarhub

रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग चीनको आग्रह


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् ।

चिनियाँ राजदूतले सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान गर्दै आर्थिक एवम् व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुने बताए ।

रूस–युक्रेन सशस्त्र द्वन्द्वबीच विश्व बजारमा आपूर्ति शृङ्खला सुनिश्चित गर्न युक्रेन र रूसले गरेको सम्झौताको पालनामा उनले जोड दिए । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा तुर्किएको इस्तानबुलमा गत जुलाइमा भएको अनाज र मलको निर्यातसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमा भएको हस्ताक्षरको स्मरण गराउँदै चिनियाँ कूटनीतिज्ञले उक्त कुरामा जोड दिएका हुन् ।

ब्ल्याक सीस्थित आफ्ना जहाज एवम् पूर्वाधारमा ड्रोन आक्रमण गरेको आरोप लगाउँदै रूसले गत शनिबार ब्ल्याक सी ग्रेन इनिसिएटिभको कार्यान्वयन अनिश्चितकालका लागि तत्काल स्थगन गर्ने घोषणा गरेपछि खाद्यान्न आपूर्ति शृङ्खला प्रभावित भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा चीनले व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ४५ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ