हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि « Khabarhub

हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय ६४ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । 

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए । यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए  ।

 यो सङ्ख्या असोजमा अझै बढेको छ । असोजमा सार्क बाहिरी देशका दश हजार पाँच सय ९४ र सार्क देशका तीन हजार एक सय ७८ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । कोरोनापछि पहिलोपटक पर्यटकको सङ्ख्या सन्तोषजनक हुन थालेको उनले सुनाए । कार्यक्रमले सार्क देशका पर्यटकसँग रु एक सय ५० र सार्क बाहिरी देशका पर्यटकसँग एक हजार शुल्क लिने गरेको छ । 

कार्यक्रमअन्तर्गत महानगरपालिका वडा नं १९, २०, २३ र २४ वडाका सम्पदा क्षेत्र पर्छन् । कार्यक्रमले यी वडाका मूर्त एवं अमूर्त सम्पदाको संरक्षणका लागि काम गर्दै आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ५८ बजे

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस