३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने तारकेश्वर नगरपालिकाको तयारी « Khabarhub

३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने तारकेश्वर नगरपालिकाको तयारी


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारवाही गर्ने भएको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी तारकेश्वरभित्र व्यापार व्यवसाय गर्ने कतिपय व्यवसायीले नगरपालिकाभित्र व्यवसाय दर्ता नगरेको पाइएकाले ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने बताए ।

“नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिनेछ”, नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तारकेश्वर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम व्यवसाय दर्ता सम्बन्धमा चालु आर्थिक वर्ष २०७९/८० मा हाल एकपटकका लागि चालू आव २०७९/८० भरी यसभन्दा अगाडि व्यवसाय सञ्चालन गरी नियमअनुसार वडा कार्यालयमा दर्ता नभएका सम्पूर्ण व्यवसायलाई चालु आवलाई नै आधार वर्ष मानी व्यवसाय दर्ता गरिने बताइएको छ ।

व्यवसाय नवीकरणका सम्बन्धमा भने यसभन्दा अगाडि दर्ता भएका तथा समयमा नवीकरण नभएका व्यवसायको हकमा नवीकरणमा लाग्ने जरिवानामा ५० प्रतिशत हुन आउने रकम छुट दिने भएको छ ।

तोकिएको आवभित्र दर्ता तथा नवीकरण नभएका व्यवसायीको हकमा नगरपालिकाले आव २०७२/७३ लाई नै आधार वर्ष मानी कर तथा जरिवाना रकमसमेत असुल गरिने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : १२ बजे

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं– सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ ।

निर्वाचन आयोगले भन्यो- मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाउँछौँ

काठमाडौं– निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने

गगनले भने : आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

कास्की– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा

स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’