अफगान र पाकिस्तानी सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा गोली हानाहान, एक महिलाको मृत्यु | Khabarhub Khabarhub

अफगान र पाकिस्तानी सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा गोली हानाहान, एक महिलाको मृत्यु


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तान र पाकिस्तानका सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा भएको झडपमा परी एक अफगान महिलाको मृत्यु भएको छ ।

दक्षिणी अफगानिस्तानको कन्दाहार प्रान्तस्थित स्पिन बोल्दाक क्षेत्रमा भएको झडपमा परी अफगान महिलाले ज्यान गुमाएको अफगान समाचार संस्था खामाप्रेसले जनाएको छ । पाकिस्तानी सुरक्षाकर्मीको गोली लागी महिलाले ज्यान गुमाएको अफगानिस्तानमा शासन गरिरहेको तालिबानका प्रहरी अधिकारी मौलबी महमुदले जानकारी दिएका छन् ।

झडपका क्रममा दुबै पक्षबाट भारी हतियारको प्रयोग भएको जनाइएको छ । स्पिन बोल्दाक सहरका प्रहरी प्रमुख महमुदका अनुसार पाकिस्तानी पक्षले गोली प्रहार थालेपछि जवाफमा अफगान सुरक्षा बलले पनि गोली प्रहार गरेका थिए ।

घटनामा एक जना महिला मारिएको बाहेक कुनै विवरण सार्वजनिक नभएको जनाइएको छ ।

पछिल्लो समय पाकिस्तानी सेना र तालिबानबीचको सम्बन्धमा चिसोपन उत्पन्न हुन थालेको विश्लेषणबीच दुई पक्षबीच सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ०० बजे

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

किमाथांका– मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम– भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ ।

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल

करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली– तीनपाटन गाउँपालिका-१० लङ्गुर खोला बस्ने २० वर्षीय धन बहादुर