चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता | Khabarhub Khabarhub

चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको तथा महाधिवेशनले सी जिन्पिङलाई पार्टीको महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उक्त पदमा सीको पुनःनिर्वाचिन चिनियाँ जनताको साझा आकाङ्क्षा भएको बताउँदै सी नेतृत्वको महाधिवेशनले चीनको भविष्य र विकासको खाका तयार पारेको विदेशमन्त्री वाङले जानकारी दिए । साथै उनले विश्वशान्तिका निम्ति चीनले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा साझा विकास प्रवद्र्धनप्रतिको प्रतिबद्धता दोहोर्‍याएको पनि सिन्ह्वाले जनाएको छ ।

चीनले फ्रान्स र युरोपप्रतिको आफ्नो नीतिलाई निरन्तर र स्थीर राखेको, चीन–युरोपेली सङ्घको व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा दुई देशबीच रणनीतिक समन्वय एवम् सहयोगलाई अझ प्रगाढ बनाउन चीन तयार रहेको विदेशमन्त्री वाङले बताए ।

जवाफमा फ्रान्सेली विदेशमन्त्रीले साझा हितका विषय प्रवद्र्धन गर्न तथा साझा चुनौती सामना गर्न चीनसँग निकट सम्पर्क र समन्वयमा काम गर्न आफू इच्छुक रहेको बताइन् । उनीहरूले युक्रेन तथा कोरियाली प्रायःद्वीपको अवस्थाका साथै साझा सरोकारका अन्य विषयमा पनि विचार आदानप्रदान गरेको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २१ बजे

एनपीएल र बजाज पल्सरबीच पार्टनरसिपको सम्झौता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल

कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन 

सुर्खेत– कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय

झलनाथको आक्रोश : माधव नेपाल सत्ताको लोभमा फस्दा चार वर्ष खेर गयो, हामीले पार्टी बनाउनै सकेनौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई

पोखरा-मुग्लिन सडक : भौतिक प्रगति ५९ प्रतिशत

गण्डकी– पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने