चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको तथा महाधिवेशनले सी जिन्पिङलाई पार्टीको महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उक्त पदमा सीको पुनःनिर्वाचिन चिनियाँ जनताको साझा आकाङ्क्षा भएको बताउँदै सी नेतृत्वको महाधिवेशनले चीनको भविष्य र विकासको खाका तयार पारेको विदेशमन्त्री वाङले जानकारी दिए । साथै उनले विश्वशान्तिका निम्ति चीनले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा साझा विकास प्रवद्र्धनप्रतिको प्रतिबद्धता दोहोर्‍याएको पनि सिन्ह्वाले जनाएको छ ।

चीनले फ्रान्स र युरोपप्रतिको आफ्नो नीतिलाई निरन्तर र स्थीर राखेको, चीन–युरोपेली सङ्घको व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा दुई देशबीच रणनीतिक समन्वय एवम् सहयोगलाई अझ प्रगाढ बनाउन चीन तयार रहेको विदेशमन्त्री वाङले बताए ।

जवाफमा फ्रान्सेली विदेशमन्त्रीले साझा हितका विषय प्रवद्र्धन गर्न तथा साझा चुनौती सामना गर्न चीनसँग निकट सम्पर्क र समन्वयमा काम गर्न आफू इच्छुक रहेको बताइन् । उनीहरूले युक्रेन तथा कोरियाली प्रायःद्वीपको अवस्थाका साथै साझा सरोकारका अन्य विषयमा पनि विचार आदानप्रदान गरेको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २१ बजे

दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको

ट्राफिक कारबाहीमा एकैदिन करिब २१ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम

चिडियाखानालाई दश लाख रुपैयाँ सहयोग

काठमाडौँ– प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको