पाकिस्तानका १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य असुरक्षामा : एफएओ | Khabarhub Khabarhub

पाकिस्तानका १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य असुरक्षामा : एफएओ


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य संकटको अवस्थामा रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका उपप्रतिनिधि फारुख टोइरोभले पाकिस्तानको अवस्था इतिहासकै सबैभन्दा खराब रहेको बताएका हुन् ।

विश्वभर फैलिएको कोभिड महामारी र हालै पाकिस्तानमा आएको विनाशकारी बाढीले खाद्य संकटको अवस्थालाई अझ खराब बनाएको उनको भनाइ छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार उपप्रतिनिधि टोइरोभले मुलुकको ४५ लाख एकड जमिनमा लगाइएको बाली नष्ट भएको समेत जानकारी दिएका छन् ।

उनले पाकिस्तान सरकार एवम् अन्तर्राष्ट्रिय साझेदारहरुलाई गरिबी निवारणका लागि समेत आह्वान गरेको डनले जनाएको छ ।

उच्च मूल्यवृद्धि, खडेरी, चौपायामा लाग्ने रोगजस्ता कारण पाकिस्तानमा खाद्य असुरक्षा बढेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : २० बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत