नाट्टाद्वारा एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन « Khabarhub

नाट्टाद्वारा एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको छ । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नाट्टाले देशको सात वटै प्रदेश लाई लक्षित गरि एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको हो । सबै कार्यक्रमको संयोजन नाट्टा सचिव तथा तालिम संयोजक युविका भण्डारीले गरिरहेकी छिन् ।

अन्तराष्ट्रिय श्रम संगठन र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा जम्मा ३० जना प्रशिक्षार्थीका लागि १ महिने कार्यस्थलमा आधारित तालिम कार्यक्रमको शुभारम्भ कार्तिक १६ गते नाट्टा अध्यक्ष रमेश थापाले काठमाडौँमा गरे । ति प्रशिक्षार्थीहरूलाई ८ दिनको सैद्धान्तिक ज्ञान र स्थलगत अध्ययन पछि पर्यटन व्यवसाय सञ्चालन भइरहेको कम्पनीहरूमा व्यवहारिक सीप आर्जनका लागि पठाइने छ ।

त्यसै गरि  संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोगमा नेपाल पर्यटन बोर्डको जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना अन्तरगत काठमाडौँ, बुटवल, पोखरा, नेपालगन्ज, वीरगन्ज र विराटनगर गरि जम्मा ६ वटा स्थानमा आयोजना हुने गरि तालिम कार्यक्रमहरू शुरु भएको छ । यि सबै स्थानमा ६०/६० जना को लागि अवसर उपलब्ध हुने र जम्मा २४० जना प्रशिक्षार्थीले ५ दिने तालिम लिनेछन् । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  २ : १७ बजे

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन