सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

क वर्गको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । सेन्सेटिभ इन्डेक्सको ३.५० अंकले घटेर ३९७.४३ विन्दुमा पुगेको हो । साथै, बिहीबार १८५ कम्पनीको कारोबार भएको छ, जसमा २७ कम्पनीको मूल्य बढ्दा जम्मा १५३ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनी  स्थिर छ । कूल १८५ वटा कम्पनीमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार जम्मा २ वटा कम्पनीमा वृद्धि भएको छ भने अन्य कम्पनीहरूमा ओरालो लागेको छ । निर्जीवन बिमा ०.६२ अंकले र जीवन बिमामा १.४ अंकले वृद्धि भएको छ । डेभलोप्मेट बैंकमा ४१.५९,  होटल तथा पर्यटन २०.९३,  बैकिङ ११.३६, फाइनान्समा १९.४५, हाइड्रो पावरमा २७.६५, माइक्रो फाईनान्समा ४७.२३  अन्य कम्पनीहरुमा ओरालो लागेको छ  । 

त्यसैगरी, यूनिभर्सल नेपालको सेयर मूल्य ६.६५ र नबिल ब्यालेन्स फण्ड कम्पनी ५.९२ ले बढेको छ । एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजार बढिको कारोबार भएको छ भने गरीमा विकास बैंकको ३ करोड ६ लाख १८ हजारको कारोबार भएको छ 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ३ : ५९ बजे

एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प !

काठमाडौं- नेकपा एमालेको यही साउन ५ र ६ गते बसेको

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न

काठमाडौं– भारत–राष्ट्रसंघ कोषको सहयोगमा अफ्रिकी मुलुक बुर्किना फासोमा बाँध निर्माण

ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाह असली

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

काठमाडौं– सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका