दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक स्तरोन्नति सुरु « Khabarhub

दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक स्तरोन्नति सुरु


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार पुग्ने सडक स्तरोन्नति थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले तीव्रता पाएको हो । 

सडक निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ४० लाख उपलब्ध गराएको छ भने उपभोक्ता समितिले छ लाख ७९ हजार सात सय २१ बराबरको श्रमदान उपलब्ध गराएको छ । 

तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको उक्त सडक नगरपालिकाले गौरवको आयोजनामा राखेको छ साढे ३१ किलोमिटर लामो उक्त सडकको भौतिक प्रगतिबारे जानकारी लिन नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, दिक्तेलका वडाध्यक्ष नवराज राई र खाल्लेका वडाध्यक्ष खगेन्द्र राई तथा नगरपालिकाको प्राविधिक टोली मङ्गलबार निर्माणस्थलमा पुगेको थियाे।

नगरप्रमुख विशन राईले तत्कालका लागि राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए । तत्कालिन जिल्ला विकास समितिले आहालेबाट राजापानीको घर्तीभिरसम्मसगरथामा राजमार्गको दिक्तेल-गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभीरसम्म सिधा ‘ट्रयाक’ खोलेको थियो । 

घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्र्याकलाई जोड्न नसकिएको नगरप्रमुख भट्टराईको भनाइ छ । ‘घर्तीभिरको चट्टान फोडेर ट्र्याक जोड्ने प्रयास जारी छ’, उनले भने, ‘ट्र्याक नजोडिँदा हाल दिक्तेलबाट महुरे, बुइँपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ ।’ उक्त सडक जोड्न सकिए दिक्तेलबाट डेढ घण्टामा रेग्मीटार पुग्न सकिने उनको भनाइ छ । 

दिक्तेल-महुरेबीचको २० किलोमिटर सडक कालोपत्र भइसकेको छ भने महुरे-राजापानी-रेग्मीटारअन्तर्गत पर्ने २९ किलोमिटर सडकमा कालोपत्र भइरहेको छ । हाल स्तरोन्नति सुरु गरिएको दिक्तेल–खानीडाँडा-आहाले-रेग्मीटार सडकखण्ड दिक्तेल-महुरे-राजापानी-रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ । 

नगरप्रमुख नवराज भट्टराईले अहिले प्राप्त भएकै बजेटबाट काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् छ । अपुग बजेटका लागि फेरि बजेट व्यवस्थापन गर्ने उनले बताए । सडक स्तरोन्नति भई नियमित यातायात सञ्चालन भए कम मूल्यमै खाद्यान्न, हार्डवेयर, इन्धनलगायत उपभोग्यवस्तु ढुवानी गर्न सकिने वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । 

दिक्तेल-खानीडाँडा सडक भने करिब वर्ष दिनदेखि अलपत्र अवस्थामा छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रको काम थालिए पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको हो । 

ठेकेदार कम्पनी याक्थुङहाङ-साप-सिरुवा जेभीले  २०७६ चैत ७ भित्र सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । त्यसपछि समयावधि बढाएर २०७८ वैशाख २९ गते बनाइएको थियो । अलपत्र अवस्थामा रहेको दिक्तेल-खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७.७६ प्रतिशत मात्रै पुगेको छ । अलपत्र सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखितरुपमै निर्देशन दिइएको नगरप्रमुख भट्टराईले जानकारी जानकारी दिएका छन् ।

–केदार मगर रासस

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ५ : २९ बजे

अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन