जुम्लामा आइपुग्यो मतपत्र « Khabarhub

जुम्लामा आइपुग्यो मतपत्र


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र हिमाली जिल्ला जुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार आइपुगेको छ ।

सुर्खेतबाट निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र जुम्ला ल्याएको निर्वाचन कार्यालय जुम्ला प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाका अनुसार बुधबार दुईपटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको बताए ।

गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।

काठमाडौँबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिकोप्टरमार्फत जुम्लामा मतपत्र पुगेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो । यसपटक कर्णाली राजमार्गको सडक साँघुरो भएकाले हेलिकोप्टरमा ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याई सुरक्षितसाथ राखिएको छ ।

बिहीबार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै आइपुगेको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (१) का लागि ४२ हजार तथा प्रदेशसभा (२) का लागि ३६ हजार मतपत्र र प्रतिनिधिसभाको सामानुपातिकतर्फ कर्मचारी र सुरक्षाकर्मीका लागि एक हजार मतपत्र जिल्लामा आइपुगेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिनुभयो । जिल्लाको जम्मा मतदाता सङ्ख्या ६८ हजार छ सय ३८ मध्ये प्रदेश (१) मा ३६ हजार सात सय ८३ र प्रदेश (२) मा ३१ हजार आठ सय ५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ८ : २२ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी