कतारका उपप्रधानमन्त्रीद्वारा विश्वकपका लागि सुरक्षा निकायको तयारीको निरीक्षण  | Khabarhub Khabarhub

कतारका उपप्रधानमन्त्रीद्वारा विश्वकपका लागि सुरक्षा निकायको तयारीको निरीक्षण 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका उपप्रधानमन्त्री तथा रक्षा मामिला राज्यमन्त्री डा खालिद बिन मोहम्मद अल अतियाहले फिफा विश्वकप-२०२२ लाई सुरक्षित गर्न सहभागी संयुक्त विशेष बल र सैन्य प्रहरी बलको तयारीको निरीक्षण गरेका छन्।

निरीक्षणको क्रममा मन्त्री अतियाहले टूर्नामेंट सुरक्षित गर्ने सेनाले गरेको तयारीको बारेमा ब्रिफ्रिङ सुनेका थिए। सशस्त्र बलका प्रमुख सलेम बिन हमाद बिन अकिल अल नाबित, उपप्रधानमन्त्रीका सल्लाहकार, रक्षा र सुरक्षा मामिलाका राज्यमन्त्री मेजर जनरल (पाइलट) मोहम्मद अब्दुललातिफ अल मन्नाइलाई साथमा लिएर मन्त्री अतियाह विश्वकप सुरक्षा तयारीबारे जानकारी लिन गएका थिए।

जो फिफा विश्वकप-२०२२ को लागि रक्षा मन्त्रालयको कार्यकारी समितिका अध्यक्ष पनि हुन् । फिफा विश्वकपलाई सुरक्षित गर्न संयुक्त सेनाका कमाण्डर मेजर जनरल सईद बिन हुसेन अल खयारिन र सशस्त्र बलका उच्च श्रेणीका अधिकारीहरू रहेका छन्।

उद्घाटन २० नोभेम्बरमा  
विश्वकप फुटबलको उद्घाटन समारोह २० नोभेम्बरको साँझ ५ बजे अल बायत स्टेडियममा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा कतारले इक्वेडरसँग साँझ ७ बजे खल्नेछ।

सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले बिहीबार आयोजित एक पत्रकार सम्मेलन गर्दै  उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए।

उपमहानिर्देशक अल मालावीले प्रशंसकहरूलाई असुविधाबाट बच्न ६० हजार सिट भएको स्थानमा छिट्टै पुग्न पनि आग्रह गरेका छन्। “म सबै टिकट धारकहरूलाई उद्घाटन समारोह सुरु हुनुभन्दा कम्तीमा दुई घण्टाअघि उपस्थित हुन सल्लाह दिन्छु,” उनले भने।

उद्घाटन समारोह शानदार हुने अपेक्षा गरिएको छ। प्रतिस्पर्धी टोली नोभेम्बर ७ बाट कतार आई पुग्ने र दोहा आई पुग्ने पहिलो टोली जापान हुनेछ।

२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ५० बजे

निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दललाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन सरकार

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त

काठमाडौं- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं– सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त गर्ने

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा