फेसबुकले मृत्यु भएका व्यक्तिको अकाउण्टलाई के गर्दछ ? « Khabarhub

फेसबुकले मृत्यु भएका व्यक्तिको अकाउण्टलाई के गर्दछ ?


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- समाजिक सञ्जाल फेसबुकमा जोडिने मानिसहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आफ्ना बिचार, तस्बिर तथा भिडियोहरु आफ्नो फेसबुक प्रोफाइलमा पोस्ट गर्न तथा शेयर गर्ने काम हरेक मानिसले गरिरहेका हुन्छन् ।

फेसबुक प्रयोगकर्ताको संख्या बढ्दै जाँदा अर्को तर्फ घट्दै पनि गएको छ । त्यसरी घट्ने संख्यामा अधिकांश मृत्यु भएका प्रयोगकर्ताहरु नै हुन् । यसरी मृत्यु भएका प्रयोगकर्ताहरुको अकाउण्टको संख्या पनि बढिरहेको छ । तर मृत्यु भइसकेका प्रयोगकर्ताको फेसबुक अकाउण्टलाई फेसबुकले के गर्छ त ? तपाईंमा जिज्ञासा हुन सक्छ ।

फेसबुकले मृत्यु भएका प्रयोगकर्ताको अकाउण्टलाई ‘मेमोरियलाइज’ गर्दछ । यो फिचरले मृतकको अकाउण्ट डिलिट नभइ उनीहरुको याद/स्मृतिको रुपमा रहिरहने छ । यसैले फेसबुकले मृतक व्यक्तिको फोटो तथा पोस्टलाई सुरक्षित रुपमा राख्दछ ।

मेमोरियलाइज्ड अकाउण्टमा व्यक्तिको नामको अगाडि भने ‘रिमेम्बरिङ्ग’ जोडिने छ । यसको अर्थ उनको सम्झना भइरहेको छ भन्ने हुन्छ । यस्तै मृत व्यक्तिले आफ्नो टाइमलाइन अरुका लागि पोस्ट गर्न मिल्ने गरी पहिले नै राखेको भए मानिसहरुले त्यहाँ पोस्ट पनि गर्न सक्ने छन् । उसको जन्मदिनको अवसरमा अन्य व्यक्तिमा नोटिफिकेसन पनि जाने गर्दछ ।

मृत्यु भएका व्यक्तिले कुनै फेसबुक पेज बनाएको छ । र त्यसको एडमिन उ एक्लै छ भने मृत्युको जानकारी पाउनासाथ फेसबुकले उक्त पेज डिलिट गर्दिन्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ३८ बजे

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको