कोभिडपछि सुध्रिए : बलिउड अभिनेता शाहरुख « Khabarhub

कोभिडपछि सुध्रिए : बलिउड अभिनेता शाहरुख


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मुम्बई–  बलिउड अभिनेता शाहरुख खान फिल्म ‘पठान’मार्फत चार वर्षपछि कमव्याक गर्दैछन् । हालै उनले ५७ औं जन्मदिन पनि मनाए । उनले अहिले ट्विटरमा फ्यानमाँझ ‘आस्कएसआरके’ सेसन सुरु गरेका छन् । जहाँ उनले फ्यानसँग फिल्मी करियरदेखि निजी जीवनका कुरा समेत गर्दछन् ।

हालै उनले फ्यानसँग लक डाउनको अनुभवदेखि लिएर फिल्मको पर्दामा कमव्याक गर्न लागेको विषयमा खुलेर कुराकानी गरे । उनलाई एक फ्यानले महामारीपछि के कुरामा परिवर्तन आयो भनी सोधेका थिए । ‘मलाई लाग्छ कि मेरो हरेक कुरा छिटो गर्ने बानीमा सुधार आएको छ । म पहिला हरेक फिल्ममा अभिनय गर्न सहमत हुन्थें । तर, अहिले कुनै पनि फिल्ममा हस्ताक्षर गर्नुअघि निकै विचार गरेर निष्कर्षमा पुग्छु,’ उनले भनेका छन् ।

उनलाई अर्का फ्यानले फिल्ममा कमव्याक गर्न लाग्दाको अनुभव बारे सोधेका छन् । जवाफमा शाहरुखले ‘यो अनुभव घर फर्किएजस्तै रहेको’ बताए । शाहरुख सन् २०१८ मा फिल्म ‘जिरो’मा देखिएका थिए । यो फिल्म फ्लप भएको थियो । यसबाहेक उनी ‘बम्हास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेट्री’मा केमियो भूमिकामा देखिएका थिए । उनको प्रतीक्षित फिल्ममा ‘पठान’ बाहेक ‘जवान’ र ‘डंकी’ पनि हो । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : १३ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र