निर्वाचनलाई उत्सवका रुपमा लिऔँ : मन्त्री कार्की | Khabarhub Khabarhub

निर्वाचनलाई उत्सवका रुपमा लिऔँ : मन्त्री कार्की


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यसलाई उत्सवका रूपमा लिनुपर्ने बताएका छन् । सुनसरीको भोक्राहा गाउँपालिका-१ स्थित वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार-प्रसार कार्यालयको  उद्घाटन कार्यक्रममा उनले भने, ‘जहिले पनि जनताको चाहना र आवश्यकतालाई शिरोधार्य गरेर काम गरिरहेको छु । सामाजिक एकतालाई धमिल्याउने र विखण्डता ल्याउने विचार पोख्ने नेता तथा दलसँग सावधान रहनुपर्छ ।’

सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले भूमिहीनहरूको आवाजलाई मुखरित गर्न र लोकतन्त्रका लागि आफूले जेल जीवन बिताएको प्रसङ्ग उल्लेख गरे। उनले भने, ‘राजनीति मेरा लागि व्यवसाय र पेशा होइन, सेवा हो ।’ मन्त्री कार्कीले खोक्रो र झुट्टा आश्वासनले राजनीतिक संस्कार नबस्ने भन्दै आफूले गर्न सक्ने कुरा मात्र बोलेको स्पष्ट पारे । आफ्नो निर्वाचन क्षेत्रमा आइटीसँग जोड्ने गरी स्मार्ट विद्यालय सञ्चालनमा ल्याउने उनको प्रतिबद्धता छ । 

निर्वाचन क्षेत्र नं ४ ९२० का उम्मेदवार हाजी डा इस्राइल मन्सुरीले समाज र राष्ट्रको मुहार फेर्न गठबन्धन दलका उम्मेदवार जित्नुपर्ने भने। उनले जनताले कसैको बहकावमा नलागी सच्चा र इमान्दार उम्मेदवारलाई जिताउन सकेमा मात्र यस क्षेत्रको सोचेअनुसारको विकास हुने दाबी गरे।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : २९ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले