‘निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार’ « Khabarhub

‘निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रुपन्देही गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रूपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणले देश विकासका लागि सङ्घसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए ।

गृहमन्त्री खाणले लामो सङ्घर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन बनेको र यसको जित अत्यावश्यक रहेको औँल्याए । उनले गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने बताए। बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला-ठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे ।

विसं २०४६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०/६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य र १२ बुँदे सहमति यसैको परिणाम भएको उनको भनाइ छ । माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्व गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पूर्वमन्त्री एवं समानुपातिकतर्फका प्रतिनिधिसभा उम्मेदवार हकिकुल्लाह खाँले मुलुकको समृद्धि, विकास र जनजीविका परिवर्तनका लागि पाँचदलीय गठबन्धनलाई जिताउन आग्रह गरे । क्षेत्र नं ३ (१) का प्रदेशसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले गठबन्धन सरकारले देशको हितमा काम गर्ने बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ५५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार