जम्मु कश्मीरमा पनि विद्युतीय बस चल्ने « Khabarhub

जम्मु कश्मीरमा पनि विद्युतीय बस चल्ने


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीरमा पनि विद्युतीय सवारी चल्ने भएका छन् । जम्मु कश्मीरको राजधानी श्रीनगर र जम्मु सहरमा २ सय वटा विद्युतीय बस चल्ने भएका हुन् ।

सरकारले वातावरणीय, सामाजिक, आर्थिक एवम् आर्थिक रुपमा दिगो सार्वजनिक सवारी साधनका लागि पहल गरेसँगै जम्मु कश्मीरमा विद्युतीय बस सञ्चालन हुने भएको हो ।

यसका लागि जम्मु कश्मीरका प्रमुख अरुण कुमार मेहताको रोहबरमा टाटा मोटर्स र चलो मोबिलिटीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको भारतीय टेलिभिजन टाइम्स नाउको अनलाइन संस्करणले जनाएको छ ।

विद्युतीय बसले दुबै सहरमा सार्वजनिक यातायातमा व्यापक परिवर्तन ल्याउने मेहताको विश्वास छ । उनले सहरबासीलाई आधुनिक सुविधा दिन सरकार तयार रहेको समेत बताए ।

विद्युतीय बसमा सीसीटीभी, स्थानसूचक प्रणाली एवम् अन्य सुरक्षात्मक व्यवस्था समेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ४७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२