कांग्रेसको प्रवास प्रचार उपसमितिमा ६१ सदस्य थप « Khabarhub

कांग्रेसको प्रवास प्रचार उपसमितिमा ६१ सदस्य थप


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिमा थप भएका सदस्यले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विदेशमा बसेर नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जनमत सिर्जना मिडियामार्फत भूमिका खेल्ने कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसले निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका प्रतिनिधिको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन पार्टीका प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ५३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना