सुरक्षा कारवाहीमा चार आईएस लडाकु मारिएको तालिबानको दाबी | Khabarhub Khabarhub

सुरक्षा कारवाहीमा चार आईएस लडाकु मारिएको तालिबानको दाबी


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको टखार प्रान्तमा दुई कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको दाबी गरेको छ ।

तालिबानद्वारा सञ्चालित बख्तर समाचार संस्थाका अनुसार तालिबानको गरेको कारवाहीमा परी टखार प्रान्तको दस्ती काला जिल्लामा आईएस लडाकु मारिएका हुन् ।

तालिबानको २१७ ओमरी आर्मी कोरका कमाण्डर करी अनिमुल्लाह तायबले बख्तरलाई बताएअनुसार सुरक्षाकर्मीले आईएसका लडाकु लुकेर बसेको स्थान पत्ता लगाएका थिए ।

पछि सो स्थानमा विषेश कारवाही गरिएको बताइएको छ । कारवाहीका क्रममा आईएसका दुई जना कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको करी अनिमुल्लाहलाई उद्धृत गर्दै बख्तरले जनाएको छ ।

यद्यपि आईएस लडाकु मारिएकोबारे तालिबानी दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ५७ बजे

अशेष घिमिरेको आक्रोश : जनतासँग दलहरू टाढिँदा जेन–जी आन्दोलन विस्फोट भयो, असफल नेताले बिदा लिऊन्

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य अशेष घिमिरेले

कोशी प्रदेश प्रमुख खापुङसमक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान

निर्वाचन र विशेष महाधिवेशनबारे कांग्रेस नेताहरूमा बाझियो मत

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरुले

सुनसरीको रिलायन्स स्पिनिङ मिल्स बन्द, एकसाथ ४ हजार बढीले गुमाए रोजगारी

काठमाडौं– लामो सयमदेखिको डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल प्रिमियम विवादका

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

किमाथांका– मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक