सुरक्षा कारवाहीमा चार आईएस लडाकु मारिएको तालिबानको दाबी « Khabarhub

सुरक्षा कारवाहीमा चार आईएस लडाकु मारिएको तालिबानको दाबी


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको टखार प्रान्तमा दुई कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको दाबी गरेको छ ।

तालिबानद्वारा सञ्चालित बख्तर समाचार संस्थाका अनुसार तालिबानको गरेको कारवाहीमा परी टखार प्रान्तको दस्ती काला जिल्लामा आईएस लडाकु मारिएका हुन् ।

तालिबानको २१७ ओमरी आर्मी कोरका कमाण्डर करी अनिमुल्लाह तायबले बख्तरलाई बताएअनुसार सुरक्षाकर्मीले आईएसका लडाकु लुकेर बसेको स्थान पत्ता लगाएका थिए ।

पछि सो स्थानमा विषेश कारवाही गरिएको बताइएको छ । कारवाहीका क्रममा आईएसका दुई जना कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको करी अनिमुल्लाहलाई उद्धृत गर्दै बख्तरले जनाएको छ ।

यद्यपि आईएस लडाकु मारिएकोबारे तालिबानी दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ५७ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको