हलेसीमा निःशुल्क आँखा जाँच शिविर सुरु, वृद्धवृद्धाको भीड | Khabarhub Khabarhub

हलेसीमा निःशुल्क आँखा जाँच शिविर सुरु, वृद्धवृद्धाको भीड


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु गरिएको छ । आँखा सम्वन्धी समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र, सहयोग समितिको संयुक्त आयोजनामा शनिबारदेखि निःशुल्क आँखा शल्यचिकित्सा शिबिर सुरु गरिएको हो ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिर हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका हुन् ।

मोतिविन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो पलाएको, परेलाभित्र पसेको लगायतका समस्या झेलिरहेका सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको हो । शिबिरमा आँखा जाँचदेखि मोतिविन्दु भएका विरामीको पहिचान गर्दै शल्यक्रीया गर्ने र निःशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

शिविरको पहिलो दिन एक वालक सहित १७ जनाको मोतिविन्दुको शल्यक्रीया गरिएको छ । पाँच जनाको आँखामा पलाएको मासुलाई शल्यक्रीया गरेर हटाइएको छ । पहिलो दिन २७८ जनाले आँखा जाँच गर्नुका साथै औषधि र चश्मा लिएका छन् । चश्मा भने सुपथ मूल्यमा उपलव्ध गराउने व्यवस्था मिलाइएको नेपाल नेत्र ज्योती संघका अध्यक्ष इन्द्र कसजूले बताए ।

पहिलो चरणको कोभिड–१९ को महामारीअघि सञ्चालन गरिएको घरदैलो अभियानबाट पहिचान गरिएका १८ जना, वर्षदिनको अवधिमा दैनिक ओपिडि सेवाबाट पहिचान भएका १९ जना, बिश्व दृष्टि दिवसको अवसरमा गत असोजमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा आयोजना गरिएको आँखा उपचार शिबिरबाट पहिचान भएका ११ जना र केही समयअघि हलेसीमा आयोजना गरिएको ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिबिरबाट पहिचान भएका १६ जनाको मोतिविन्दुको पनि शल्यक्रीया गरिने छ । यस बाहेक जारी शिबिरमा आएकामध्ये मोतिबिन्दु भएका बिरामीको पनि शल्यक्रीया गरिने प्रमुख श्रेष्ठले बताए ।

निःशुल्क आँखा जाँच शिबिरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट १४ जना शल्यक्रिया टोली आएका छन् । आँखाको उपचारका लागि छिमेकी पालिकाबाट समेत बिरामी हलेसी पुगेका छन् । सेवा लिन आउनेमा अधिकांश लठ्ठी टेक्ने वृद्धवृद्धा देखिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : १६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं