जसपाले स्वास्थ्य सेवालाई निःशुल्क बनाउने | Khabarhub Khabarhub

जसपाले स्वास्थ्य सेवालाई निःशुल्क बनाउने


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने घोषणा गरेको छ । जसपाले यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य बीमाको माध्यमबाट जनतालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने जनाएको हो ।

जसपाले मुलुकको सङ्घीय ढाँचाअनुरूप स्वास्थ्य नीति तर्जुमा गरी स्वस्थ जनता परिवर्तनका संवाहक भन्ने अवधारणाका साथ सबैको स्वास्थ्य सेवामाथिको पहुँच स्थापित गर्ने, केन्द्रीकृत राज्यको परिणामस्वरूप राजधानीमा केन्द्रित स्वास्थ्य सेवालाई गाउँ–गाउँ पु¥याउन उपत्यका बाहिर मेडिकल कलेज र अस्पताल खोल्ने सामुदायिक संस्थालाई विशेष सुविधा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरेको छ ।

यस्तै ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनि रहेका दलित र अपाङ्गता भएका व्यक्तिका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने, न्यून आय भएका जनताको मुटुरोग, मधुमेह, क्यान्सर, मस्तिष्क र मिर्गौलासम्बन्धी जटिल रोगको उपचारका लागि राज्यले दिँदै आएको सहयोगलाई शतप्रतिशत वृद्धि गर्ने र मिर्गौला प्रत्यारोपण निःशुल्करूपमा गर्ने व्यवस्था गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ ।

जसपाले आफ्नो घोषणापत्रमा ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढी–पहिरो, प्राकृतिक प्रकोपजस्ता विपत्को बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गर्ने, वडाहरूका स्वास्थ्यचौकी स्तरोन्नति गर्ने र प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियनसहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्नेजस्ता योजना ल्याएको छ ।

यसैगरी जडीबुटी प्रशोधन नगरी निकासी गर्ने कार्य बन्द गर्ने, जडीबुटी प्रशोधनको संस्थागत विकास गर्दै आयुर्वेद शिक्षा र अनुसन्धानमा जोड दिने, योग र आयुर्वेद उपचार प्रणालीलगायत परम्परागत वैकल्पिक उपचार पद्धति, आम्ची उपचार पद्धति, होमियोप्याथी आदिलाई आधुनिक चिकित्सा पद्धतिसँग एकीकृत गर्ने, योग विज्ञान र प्राकृतिक चिकित्सा विकासका लागि पूर्वाधार निर्माण गर्ने जसपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोगलाई विशेष महत्व दिने र नेपाल पक्ष भएका स्वास्थ्य र वातावरणसम्बन्धी महासन्धिहरूको प्रभावकारी कार्यान्वयन गर्ने जसपाले घोषणापत्रमा राखेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : २४ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस