हामी आश्वासन होइन, विकास गर्छौँ : मन्त्री कार्की | Khabarhub Khabarhub

हामी आश्वासन होइन, विकास गर्छौँ : मन्त्री कार्की


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस झुठा आश्वासनभन्दा पनि विकासप्रेमी पार्टी भएको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीमा आज आयोजित पार्टी प्रवेश तथा सुनावीसभामा उनले नेकपा (एमाले)का उमेदवारले झुठा सपना देखाएर जनतालाई भुलाउने गरेकाले मुलुकको हित र विकासमा कहिल्यै ध्यान नदिएको बताए । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका सरकारका प्रवक्ता कार्कीले कांग्रेस सपना बाँड्ने पार्टी नभइ सपना पूरा गर्ने पार्टी भएको दाबी गरे ।

‘विकास विनाको राजनीति खोक्रो नारा मात्रै हुने भएकाले कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ’, मन्त्री कार्कीले बताए । एमालेले मुलुकमा दुईपटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र प्रजातन्त्रलाई सखाप गर्ने तथा अधिनायकवाद शासन व्यवस्था स्थापित गर्न खोजेको उनको आरोप छ ।

कांग्रेस कुनै एउटा जात, धर्मको पार्टी नभइ सबै जातजाति, भाषाभाषीको साझा पार्टी भएकाले नेपाली जनताको हितका लागि हरेक समयमा जनताको पक्षमा उभिएको मन्त्री कार्कीले दाबी गरे । मुलुकको विकास, संविधान, लोकतन्त्रको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति गर्ने पार्टी कांग्रेस भएकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनका लागि आग्रह गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ४९ बजे

संरक्षण नहुँदा भोजपुरको ‘टेम्केसिद्ध मन्दिर’ जीर्ण

भोजपुर‍‍– टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुँदै 

काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजना

सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण

कागती बिक्री नहुँदा किसान समस्यामा

घोराही–  यहाँका  किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज