निर्वाचन सामग्री हेटौँडा आइपुग्यो « Khabarhub

निर्वाचन सामग्री हेटौँडा आइपुग्यो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री मकवानपुर आइपुगेको छ ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) का लागि प्रत्यक्षतर्फको मतपत्रसँगै अन्य सामग्री आज हेटौँडा आइपुगेको हो ।

निर्वाचन आयोगको कार्यालय काठमाडौँबाट ल्याइएको सो सामग्री नेपाली सेनाको टोलीले हेटौँडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज हस्तान्तरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ एक लाख ६८ हजार तथा क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ एक लाख ६६ हजार र प्रदेशसभातर्फ एक लाख ६७ हजार प्रत्यक्षतर्फको मतपत्र हेटौँडा आइपुगेको हो । समानुपातिकतर्फको मतपत्र भने केही दिनअघि नै आइपुगेको थियो । मकवानपुरमा ३६४ वटा मतदान केन्द्र रहेको छ भने कूल तीन लाख सात सय ३३ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना