गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा « Khabarhub

गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे। कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरेकी थिइन्।

प्रतियोगिताको पहिलो दिन शनिबार पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रणव खनालको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन्।

पुरुष डबल्सतर्फनै राजबिर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात बिकको जोडीलाई ६-० र ६-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन्।

त्यस्तै पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६-३ र ६-२ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन्।

केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६-२ र ६-२ ले हराएर पुरुष डबल्सतर्फ नै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले मानबहादुर कटुवाल र भिष्म गुरुङको जोडीलाई ६-० र ६-३ ले हराएर अन्तिम चारको यात्रा तय गरे।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ४० बजे

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा