भीमदत्तका किसानका मुख्य आम्दानीको स्रोत तरकारी खेती « Khabarhub

भीमदत्तका किसानका मुख्य आम्दानीको स्रोत तरकारी खेती


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् ।

यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए । “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ”, विगत सम्झिँदै उनले भने, “अहिले खेती विस्तार गर्दै १५ कठ्ठमा पुर्‍याएको छु ।” यहाँका किसानले दुई कठ्ठादेखि दुई-तीन बिघासम्ममा तरकारी खेती गरिराखेको उनले बताए । “हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो”, उनले भने, “यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च व्यर्होछौँ ।”

डेढ दशकदेखि तरकारी खेतीमा लागेका सुदामा रानाले अन्य बालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती रोजेको बताए । “मेहेनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ”, उनले भने, “कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ ।” भारतबाट आउने तरकारीले यहाँको स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उनले गुनासो गरे ।

त्यसैगरी तरकारी खेतीमा लागेकी मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताइन् । “बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ”, उनले भनिन्, “हामीले विषादीरहित तरकारी उत्पादन गर्छौँ, यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन्”, उनले विभिन्न समस्याका बावजुत पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको सुनाइन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उनको भनाइ छ ।

तरकारी खेतीमा लागेका कैलाशु राना पनि यसैबाट घरपरिवार चलेको बताउँछन् । “तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्छौँ, राम्रो फाइदा हुन्छ”, उनले भने, “तरकारीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म फाइदा हुने गरेको छ ।” यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने गरेको उहाँहरु बताउँछन् । गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउकोमा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : २४ बजे

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका

६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व 

काठमाडौं– विभिन्न ६ वटा एशोसिएसनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो

पर्यटन प्रवर्द्धन गर्न ढोरपाटन र निसीखोलामा १८ घरबास सञ्चालन

ढोरपाटन– एक दशक अगाडिसम्म ढोरपाटन र निसीखोलामा एउटा पनि घरबास

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना