विकास र समृद्धि चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा  « Khabarhub

विकास र समृद्धि चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा 


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’

आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताएका उनले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो भन्नेबारे ख्याल गर्न मतदातालाई आग्रह गरे।

निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटी मात्र बन्न खोजेको आरोप उनले लगाए । सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने राणाको भनाइ छ । ‘कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेका छन्।’ राणाले भने ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ११ : ३० बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा