ललितपुर ३ का लागि एमालेद्वारा प्रतिबद्धतापत्र सार्वजनिक « Khabarhub

ललितपुर ३ का लागि एमालेद्वारा प्रतिबद्धतापत्र सार्वजनिक


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भमा एमालेले ललितपुर ३ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमाले पोलिटब्यूरो सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवम् केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्रमा ‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदाको ललितपुर सहर’ भन्ने नारा उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा समग्र क्षेत्रको विकासको रेखाङ्कन गरिएको छ ।

जिल्ला इन्चार्ज सुशीला नेपालले एमालेका उम्मेदवारहरु विजयी भएपछिका पाँच वर्षमा प्रतिबद्धतापत्र कार्यान्वयन हुने दाबी गरिन् । ललितपुर ३ का उम्मेदवार अमृत खड्काले क्षेत्रका जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।

ललितपुर महानगरका २० र गोदावरी नगरपालिकाका दुई गरी २२ वटा वडा रहेको यो क्षेत्रमा एमालेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, प्राचीन सम्पदा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, भौतिक र सामाजिक विकासलगायत विषय उल्लेख गरिएको छ ।

‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षताको आधारमा स्वदेश फर्केर सोही पेसा व्यवसाय गर्न युवाहरुलाई प्रोत्साहन गर्नेछौं । उत्पादित वस्तुहरुलाई निर्यात गरी अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नेछौं, ’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘जेष्ठ नागरिक, फरक क्षमता भएका, एकल महिला, श्रमिक तथा असहायको सुरक्षाका लागि राज्यले दिने सुविधा लक्षित वर्गमा पुर्याउने र समय अनुकूल कार्य गर्नेछौं ।’

९४ हजार ११४ मतदाता रहेको यस क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल, ठैबलगायतका क्षेत्रका ऐतिहासिक सम्पदा छन् । ती क्षेत्रका जनताको जीवन स्तर उकास्न र युवा पलायनलाई जोगाउन ठोस कदम चाल्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ४१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य