सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्ने उम्मेदवारलाई जिताउनुपर्छ : कांग्रेस नेता केसी « Khabarhub

सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्ने उम्मेदवारलाई जिताउनुपर्छ : कांग्रेस नेता केसी


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सोलुखुम्बुमा आयोजित बृहत् चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०/४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको बताए । उनी सोलुखुम्बुमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

सोलुको सडक निर्माणसहितका काम गर्ने बाचा गरेका उनले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको दाबी गरे । सामाजिक एकता विथोल्ने षड्यन्त्र भइरहेकोप्रति सचेत रहन आग्रह गर्दै उनले आफू केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने व्यक्ति भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गरे ।

६ पटक चुनावी प्रतिस्पर्धामा उनी चारपटक निर्वाचित भएका थिए । ‘मैले ६ पटक चुनाव लडेँ । चारपटक जिताउनु भयो, दुईपटक पराजित भएँ,’ नेता केसीले भने, ‘तपाईंहरुलाई थाहा नै छ, म निर्वाचित हुँदा सोलुको विकास भएको । पराजित हुँदा कति विकास भयो ? हेर्नु भएकै छ, सोलुको विकासकै लागि भए पनि मैले चुनाव जित्नुपर्ने विगतले पाठ दिएको छ ।’

पाँचदलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले पनि आफू निर्वाचित हुने दाबी गर्दै उनले भने, ‘मलाई कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजावादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मलाई चुनावमा लड्नु भन्नुभयो । म पाँच दलको साझा उम्मेदवार हुँ । पाँच दलको सहयोगमा मैले चुनाव जित्छु नै, यसपछि सोलुको विकासका लागि गर्नुपर्ने बाँकी काम गर्छु ।’

विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका उनले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताए । संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ४६ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल