रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्नुहोस् : डा. सीके राउत « Khabarhub

रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्नुहोस् : डा. सीके राउत


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।

रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे ।

अध्यक्ष राउतले जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता, शक्ति आफ्नै हातमा भएपनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँद पाँच पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नुपर्ने अवस्था आउनु दुखद भएको बताए ।

उनले एकातिर पाँच दल र अर्कोतिर पाँच दलको गठबन्धन रहेको भन्दै यस्ता गठबन्धन देश विकासका र जनताको लागी नभई ठगबन्धन भएको तर्क गरे । राउतले सामुदायिक समाजवाद ल्याउन देशैभरी जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार जितेन्द्र नाथ शुक्ला र विरेन्द्र जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमत पार्टीलाई एक मौका दिन आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ०७ बजे

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ