गठबन्धनको सूत्रधार मै हो : चित्रबहादुर केसी « Khabarhub

गठबन्धनको सूत्रधार मै हो : चित्रबहादुर केसी


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौिँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन् । बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताए । आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मङ्सिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताए ।

उनले भने, ‘मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ’, नेता केसीले भने, ‘अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मङ्सिर ४ गते प्रतिगमनलाई ढलाइन्छ ।’

उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढङ्गले चुनाव जित्ने बताए ।

नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । उनले जनताहरू विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने बताए।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना