'लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट वञ्चित हुनुपर्दैन' | Khabarhub Khabarhub

‘लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट वञ्चित हुनुपर्दैन’


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट वञ्चित हुनुनपर्ने बताएका छन्।

४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा उनले कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्की आएका कारण मतदान गर्न अप्ठ्यारो स्थिति सृजना भयो भन्ने गुनासो नै आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरहेको बताए ।

प्रमुख आयुक्त थपलियाले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने बताएका थिए। उनले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको बताए ।

निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै उनले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५४ बजे

प्रजातन्त्रवादी चिकित्सक संघको मधेश प्रदेश कार्यकारिणी समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिक चिकित्सक संगठन प्रजातन्त्रवादी चिकित्सक संघ (मधेश

एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने 

काठमाडौं– एसियन लाइफ इन्सुरेन्सले लाभांश दिने भएको छ । कम्पनीको

हाँस्ने शैलीले थाहा हुन्छ मान्छेको स्वभाव

काठमाडौं– भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ

जलवायु परिवर्तनले भारतीय किसानहरू समस्यामा

एजेन्सी– भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई