निर्वाचनमा गठबन्धन गर्नु हाम्रो बाध्यता हो : अध्यक्ष ठाकुर | Khabarhub Khabarhub

निर्वाचनमा गठबन्धन गर्नु हाम्रो बाध्यता हो : अध्यक्ष ठाकुर


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए ।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेमा आवाजलाई पूरा गर्न र मधेसलार्ई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको बताए । उनले भने, “ जेलमा रहेका साथीहरुलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ । त्यसैले गठबन्धन लोसपाको बाध्यता हो।”

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेस र मधेसी जनतालाई थप हक अधिकार दिलाउन लोसपा सक्षम रहेको उनले बताए । घोषणापत्रमासमेत मधेस र मधेसीलाई नागरिकतादेखि संविधानसम्म हकअधिकारको प्रत्याभुति, शिक्षा, स्वास्थ्य, कृषि, लोकतन्त्रको रक्षा, पहिचानसहितको सङ्घीयता, संसदीय व्यवस्थाको निरन्तरता, राष्ट्र हितमा ठोस र व्यावहारिक विदेश नीतिको निर्माण, सुशासन, सदाचार भ्रष्टाचारमुक्त समाज निर्माण, महिला सशक्तीकरण, युवा सशक्तीकरणलगायतका विषयलाई समावेश गरिएको छ ।

सो कार्यक्रममा नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : २४ बजे

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी