मेरो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ : बलबहादुर केसी  | Khabarhub Khabarhub

मेरो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ : बलबहादुर केसी 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन्।

मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए।

मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताएका उनले छेस्कामबाट गुदेल जाने बाटोको स्तरोन्नति सँगै मोटरेवल पुल बनाउने प्रतिबद्धता जनाएका छन्।

पर्यटन प्रवद्र्धनका लागि मेरापिक हिमालय रेन्ज मकालुवरुण राष्ट्रिय निकुञ्ज एंव चाम्लाङ हिमाल आरोहण सहज बनाउन गठबन्धन उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने मतदातासँग आग्रह गरे।

सोलुखुम्बुको अधिकांश विद्यालय आफ्नो पहलमा निर्माण भएको स्मरण गराउँदै केसीले सोलुको विकास र समृद्धिका लागि आफ्नो सदैव खटिरहने प्रतिबद्धता पनि जनाए।

पर्यटन प्राविधिक शिक्षा र प्राविधिक विद्यालय स्थापना गर्ने उनको भनाइ छ। सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका केसीसँग एमालेका मानवीर राई प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : १२ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्