मेरो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ : बलबहादुर केसी  « Khabarhub

मेरो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ : बलबहादुर केसी 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन्।

मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए।

मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताएका उनले छेस्कामबाट गुदेल जाने बाटोको स्तरोन्नति सँगै मोटरेवल पुल बनाउने प्रतिबद्धता जनाएका छन्।

पर्यटन प्रवद्र्धनका लागि मेरापिक हिमालय रेन्ज मकालुवरुण राष्ट्रिय निकुञ्ज एंव चाम्लाङ हिमाल आरोहण सहज बनाउन गठबन्धन उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने मतदातासँग आग्रह गरे।

सोलुखुम्बुको अधिकांश विद्यालय आफ्नो पहलमा निर्माण भएको स्मरण गराउँदै केसीले सोलुको विकास र समृद्धिका लागि आफ्नो सदैव खटिरहने प्रतिबद्धता पनि जनाए।

पर्यटन प्राविधिक शिक्षा र प्राविधिक विद्यालय स्थापना गर्ने उनको भनाइ छ। सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका केसीसँग एमालेका मानवीर राई प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : १२ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय