कांग्रेसका वडा सभापतिसहित ६३ जना एमालेमा प्रवेश « Khabarhub

कांग्रेसका वडा सभापतिसहित ६३ जना एमालेमा प्रवेश


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन्।

आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिति सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन्।

पार्टी परित्यागको घोषणा गरेको केही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन्। कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरूले पार्टी परित्याग गरेका हुन्। कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन्।

नवप्रवेशीलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, उपसचिव दीपनारायण रिजाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : २० बजे

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर

आईसीसी विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा शीर्ष छ स्थानभित्र पुग्न

नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने

काठमाडौं– सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूले सरकारको आगामी नीति, कार्यक्रम

सुरक्षाकर्मीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले

इजरायली हमलामा मारिइन् लेबनानकी चर्चित पत्रकार अमल खलील

बेरूत- लेबनानमा बुधबार भएको इजरायली हवाई हमलामा पत्रकार अमल खलीलको