बोहोरालाई जिताए गृहमन्त्री बनाउने राणाको आश्वासन « Khabarhub

बोहोरालाई जिताए गृहमन्त्री बनाउने राणाको आश्वासन


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले वरिष्ठ नेता दीपक बोहोरालाई जिताए गृहमन्त्री बनाउने आश्वासन दिएका छन् । सोमबार बिहान भैरहवामा आयोजित कार्यक्रममा उनले भने, ‘दीपक बोहोरा विकासका लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मत दिनुस् । हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं ।’

राणाले बोहोराको जित सुनिश्चित रहेको दाबी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे । ‘दिपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न मात्रै बाँकी छ, ’ उनले भने । राणाले रूपन्देही- ३ को सवालमा सबै राप्रपाका मतदाताले प्रतिनिधिसभामा हलोमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । 

उनले कांग्रेसको कारण देश संकटमा परेको आरोप लगाउँदै देशको निकासका लागि निर्वाचनमा सबै राष्ट्रवादी एक भएर लाग्नेसमेत बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : ०० बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,