‘निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ’ « Khabarhub

‘निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ’


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने दाबी गरेका छन् । सोमबार बिहान सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताए । 

‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’ रायमाझीले भने, ‘गठबन्धन पछि फुट्छ । गठबन्धनभित्रका दलहरू पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ । त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ ।’ गठबन्धन मात्र नभई गठबन्धनभित्रका दलहरूमा पनि आन्तरिक विभाजन आउने दावी रायमाझीले गरे ।
रायमाझीले गठबन्धन अहिले एजेण्डाविहीन भएको समेत दाबी गरे । गठबन्धनका कुनै एजेण्डा नरहेको उनको दाबी छ । ‘कांग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । कांग्रेस ‘ककटेल’ जस्तो भएको छ,’ रायमाझीले भने । 

सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने नेता रायमाझीको भनाइ छ ।गठबन्धन केही एजेण्डा नभएको रायमाझीले बताए । उनले अर्घाखाँचीमा भारी मतका साथ एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित निकाल्ने बताए । 

आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठूलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : ३१ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय