'लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ' | Khabarhub Khabarhub

‘लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ’


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताए ।

विचार नभएका, नीति नभएका गठबन्धनले फरक-फरक घोषणापत्र सार्वजनिक गरेको उनको आरोप थियो । गन्तव्य नभएकाले फरक-फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उनले उनीहरू जनतासँग झुटो आश्वासन बाँचिरहेका छन् भने ।

लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताए । उनले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताए । अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको जिकिर गरे । एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उनले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताए । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उनले बताएका छन् ।

नेकपा एमालेका सङ्गठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताए । पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उनले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताए ।

नेकपा एमाले कास्कीका कार्यावाहक अध्यक्ष तेजनारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ४ : ४८ बजे

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)

काठमाडौं– देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि