रुपन्देही-२ मा एमालेलाई वामदेव समूहको समर्थन  | Khabarhub Khabarhub

रुपन्देही-२ मा एमालेलाई वामदेव समूहको समर्थन 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बुटवल– वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने घोषणा गरेको छ । 

अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए । 

‘हामिले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छौँ’ अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले भने । रूपन्देहीको विकासमा विष्णु पौडेलको भूमिकाको कसैले पनि अवमूल्यन गर्न नहुने उनले बताए ।

अर्यालले एमाले उम्मेदवार विष्णु पौडेल सधैँ वाम एकताको पक्षमा लाग्ने र वामपन्थी शक्तिहरूको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए । ‘हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट रूपन्देही २ मा एमालेलाई सघाउने निर्णय भएको छु,’ अर्यालले भने ।

आफ्नो पार्टी चुनावमा सहभागी नभएकाले अन्य क्षेत्रको विषयमा भने पछि निर्णय हुने उनले बताए । उक्त अभियानले यस क्षेत्रमा आफ्नो करिब २ हजार ५ सय मत रहेको दाबी गर्दै आएको छ । कार्यक्रममा एमाले उपाध्यक्ष तथा उम्मेदवार विष्णु प्रसाद पौडेलले आफूले सबैको हित हुनेगरि साझा विकासमा जोड दिने बताएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : १९ बजे

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन