छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा | Khabarhub Khabarhub

छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोदावरी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा (एमाले) बाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामजनम चौधरी, क्षेत्र नं ४ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेशसभापति वीरबहादुर बलायर चुनावी मैदानमा छन् ।

विसं २०७४ को निर्वाचनमा चौधरी कैलाली क्षेत्र नं ३ र बलायर डोटीबाट वाम-गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए । चौधरी र बलायर यसपटक पाँचदलीय गठबन्धनको सहारामा निर्वाचन जित्ने दाउमा छन् । चौधरी उम्मेदवार भएको क्षेत्र नं १ मा एमाले तर्फबाट तपेन्द्र रावल र रमेश चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ अहिले उनका प्रतिस्पर्धी छन् । बलायर उम्मेदवार भएको क्षेत्र नं ४ मा एमालेका तर्फबाट एमाले सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । भट्ट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम-गठबन्धनका तर्फबाट विजयी बनेका थिए । भट्ट रीतलाई निरन्तरता दिने दाउमा छन् भने बलायर सत्तागठबन्धनको मतबाट जित्ने दाउमा छन् ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा एमालेका नेता एवं पूर्वमन्त्री गौरीशङ्कर चौधरी चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा उनले वाम-गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरेका थिए । एमाले नेता चौधरीसँग उनका पूर्वसहकर्मी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी प्रतिस्पर्धा गर्दैछन् । एमालेका चौधरी जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने माओवादी केन्द्रका चौधरी माओवादीको विरासत कायम राख्ने दाउमा छन्। सो निर्वाचन क्षेत्रमा २०६४ देखि माओवादीले जित्दै आएको क्षेत्र हो ।  

विसं २०७४ को निर्वाचनमा वाम-गठबन्धनको समर्थनमा निर्वाचन जितेका चौधरी यसपटक एमालेका उम्मेदवार छन् भने माओवादीका चौधरीलाई सत्तागठबन्धनको समर्थन छ । थारू बाहुल्यता रहेको सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा  पूर्वमन्त्री चौधरी, सत्तागठबन्धनका गौरीशङ्कर  र नागरिक उन्मुक्तिका गङ्गारामबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनि राना र कांग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली कांग्रेसका डिल्लरिाज पन्त उम्मेदवार छन् । विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजित गरेका थिए ।

त्यसबेला राना वाम-गठबन्धनबाट विजयी बनेका थिए । यसपटक कांग्रेसका उम्मेदवार पन्तलाई सत्तागठबन्धनले साथ दिएको छ भने एमाले उम्मेदवार राना पार्टीको एकल उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र एमाले उम्मेदवार रानालाई स्वतन्त्र उम्मेदवार ओझा चुनौतीका रुपमा देखा परेका छन् ।

सत्तागठबन्धनको मत स्वतन्त्रले काट्ने आँकलनले राना जितलाई निरन्तरता दिने दाउमा छन् भने सत्तागठबन्धनका उम्मेदवार पन्त पाँचदलीय र एमालेभित्रको आन्तरिक किचलो फाइदा उठाउँदै चुनाव जित्ने दाउमा छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ४१ बजे

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती