जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

जापानी सम्राट नारुहितोले राजदूत डा सुवेदीलाई स्वागत गर्दै दुई मित्र राष्ट्रबीचको विद्यमान सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुसी व्यक्त गरे। उनले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्यको घनिष्ट र सौहार्द्रपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

आफ्नो ओहोदाको पत्र पेश गर्दै राजदूत डा सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरे । 

राजदूत डा सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गर्नुभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : २५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय