लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग  | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरि तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् ।

भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रुपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी सुधा पार्टी परित्याग गरेको बताइन् । 

लोसपा पार्टी परित्याग गरी उनीसहित उनका समर्थकले स्वतन्त्र रुपमा रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरासहित तीन दलीय तालमेललाई समर्थन गरेका हुन् ।

तालमेललाई समर्थन गर्ने निर्णय लिएकी लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सचिवालय सदस्यसमेत रहेकी पाण्डेलाई सोमबार राप्रपाका वरिष्ठ नेता पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरा तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले माला र खादा लगाई स्वागत गरेका थिए ।

पाण्डेले प्रदेश सरकारमा रहेर शिक्षा तथा सामाजिक विकास मन्त्रालयसमेत सम्हालेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा)  महन्त ठाकुर पक्षबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सदस्य बनेकी पाण्डे वैशाख ६ गते पहिलो पटक र वैशाख १९ गते दोस्रो पटक मन्त्रीमा नियुक्त भएकी थिइन् ।

पार्टी परित्याग गरेकी पाण्डेले साम्प्रदायिकव्यक्ति केन्द्रित राजनीतिबाट टाढा रहि राष्ट्र र राष्ट्रियताको पक्षमा सधैँ रहने बताइन् । कुनै क्षेत्र समुदाय र व्यक्ति केन्द्रितबाट मुक्त भई आम नागरिकको हकहितमा लाग्ने उनले बताइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ३१ बजे

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन