इमरान खानले देशद्रोह गरेको पाकिस्तानी गृहमन्त्री सनाउल्लाहको आरोप | Khabarhub Khabarhub

इमरान खानले देशद्रोह गरेको पाकिस्तानी गृहमन्त्री सनाउल्लाहको आरोप


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख एवम् पूर्वप्रधानमन्त्री इमरान खानले मुलुकविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् ।

जिओ न्यूजसँग कुरा गर्दै उनले भने, “इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् ।’’ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक र्‍यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।

लाहोर सहरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, “हामीले निर्णय गरेका छौं । हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो । उक्त स्थानमा मोअज्जम शहीद भएका थिए ।”

यद्यपि पीटीआईका प्रभावशाली नेता एवम् पूर्वसूचनामन्त्री फवाद चौधरीले भने बिहीबारबाट मात्रै पीटीआईको ‘लामो यात्रा’ पुनः सुरु हुने स्पष्ट पारेका छन् । चौधरीलाई उद्धृत गर्दै डनले भनेको छ, ‘मंगलबार वा बुधबार होइन, लङ माच बिहीबारबाट मात्र सुरु हुनेछ ।’ त्यस्तै, पीटीआई कै अर्का प्रभावशाली नेता फैसल जावेदले पनि बिहीबार दिउँसो २ बजेबाट वजीराबाददेखि नै उक्त मार्च सुरु हुने ट्विटरमार्फत् जानकराी दिएका छन् ।

सनाउल्लाहले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । “इमरान खानको एउटै मात्र माग छ ः उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्,” गृहमन्त्रीले भने ।

खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि उनको दाबी छ । यसअघि इमरान खानले अस्पतालबाट गरेको सम्बोधनका क्रममा सनाउल्लाह हत्यारा भएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ३९ बजे

एनपीएल र बजाज पल्सरबीच पार्टनरसिपको सम्झौता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल

कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन 

सुर्खेत– कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय

झलनाथको आक्रोश : माधव नेपाल सत्ताको लोभमा फस्दा चार वर्ष खेर गयो, हामीले पार्टी बनाउनै सकेनौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई

पोखरा-मुग्लिन सडक : भौतिक प्रगति ५९ प्रतिशत

गण्डकी– पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने