राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई | Khabarhub Khabarhub

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकी छिन् । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ४२ बजे

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)

काठमाडौं– देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि