आइफा अवार्डलाई १ अर्ब दिने कुरा मेरा कानले सुनेकै छैन: मन्त्री बाँस्कोटा « Khabarhub

आइफा अवार्डलाई १ अर्ब दिने कुरा मेरा कानले सुनेकै छैन: मन्त्री बाँस्कोटा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आइफा)ले काठमाडौंमा आयोजना गर्ने  ‘आइफा अवार्ड’का लागि सरकारले १ अर्ब दिने निर्णय नगरेको स्पष्ट पारेका छन् ।

सोमबार राजधानीमा आयोजित चलचित्र विकास बोर्डको वार्षिकोत्सव समारोहमा मन्त्री बाँस्कोटाले  मन्त्रिपरिषदले आइफा अवार्ड गर्न स्वीकृति दिने मात्र निर्णय भएको बताए ।

उनले भने, ‘अवार्डका लागि सरकारले १ अर्ब सहयोग गर्ने भन्ने कुरा मेरो कानले सुनेको छैन, सुन्दै नसुनेको कुरालाई निर्णय भयो भनेर कसरी भनियो ?  मैले बुझ्न सकेको छैन ।’

अवार्डका लागि १ अर्ब  रुपैयाँ दिने सरकारको निर्णय नभए पनि सहयोग गर्नुपर्ने भने बताए । उनले भिजिट नेपालमा पर्यटन प्रवर्द्धन गर्न पछि मिडिया समिट समेत गरिने र त्यसका लागि करोडौँ खर्च हुने बताए ।

कार्यक्रममा बाँस्कोटाले नेपालमा बक्स अफिस लागू गर्नमा केही समस्या देखिए पनि १ साउन देखि नेपालभर बक्स अफिस लागू गर्नुपर्नेमा जोड दिए ।

‘बक्स अफिस लागू गर्नुपर्ने भन्दा एकदमै व्यवस्थित ढंगले गर्नुपर्छ, लागेको बानी छोड्न गाह्रो हुन्छ, बक्स अफिसमा समस्या हो तर १ साउनदेखि देशभर लागू हुनुपर्छ,’ उनले भने, ‘गतिलो नियमन हुन्छ, हाम्रा निर्माताहरुलाई सुरक्षित गर्न खोजेका हौँ ।’

साथै उनले नेपाली हलवाला र वितरकको व्यवहारप्रति पनि प्रश्न उठाए । उनले आफूले सुनेको भन्दै विदेशी फिल्मलाई बढी प्राथमिकतामा राखेको र नेपाली फिल्मलाई हलवालाले खासै महत्त्व नदिएको भन्दै नियमन भइसके पछि त्यस्ता हललाई बन्द गर्न समेत सकिने बताए ।

‘हामी सबै भन्छौँ, नेपाली कला, संस्कृति, सबैको रक्षा हुनुपर्छ भन्ने तर योसँगै बनेका फिल्म हलमा जान नपाउने भन्ने हुन्छ? यस्ता फिल्म चलाउन हल मालिकहरु पनि तयार हुनुपर्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘हिरोइन नराम्राी भएर के भो त, नेपाली चेली हो, अन्तको जम्मै राम्रो देख्ने, यहाँको चाहिँ राम्रो नदेख्ने, आदर्श अर्कैलाई मानेर यो देशको रक्षा कसरी हुन्छ ?’

भारतमा प्रतिष्ठित आइफा अवार्ड नेपालमा हुने र त्यसका लागि सरकार आयोजक रहेर झण्डै १ अर्ब रुपैयाँ (४४ करोड नगद र अन्य सुविधासहित) लगानी गर्ने भन्ने समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : १६ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य