मैले जिते मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ : गगन थापा « Khabarhub

मैले जिते मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ : गगन थापा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले देशको नेतृत्व परिवर्तनका लागि काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन् । काभ्रे-काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले निर्वाचनपछि अधिकांश दलमा संसदीय दलको नेता पुरानै रहने तर आफू निर्वाचित भए कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने दाबी गरे । ‘राजनीतिक नेतृत्वको बदलाव लिन धेरै ठूला परिवर्तन भए । तर राजनीतिक यथार्थता यो छ कि यो पटक निर्वाचन पछाडि कुनै पनि राजनीतिक दलको संसदीय दलको चुनाव हुनेवाला छैन् । यदि काठमाडौं ४ बाट जिताएर नपठाए कांग्रेसमा पनि दलको नेताको लागि निर्वाचन नहुने बताए । 

उनले देशमा ठूलो परिवर्तन चाहिएको र यो परिवर्तन राजनीतिक परिवर्तनविना असम्भव रहेको बताए । उनले भने, ‘त्यो प्रतिस्पर्धा राजनीतिक दलको महाधिवेशन या संसदीय दलको नेतामा हुनुपर्छ । त्यसका लागि त लडाइ लड्ने मान्छे पहिला चाहियो । मेरो प्रस्तावक झापाबाट जितेर आउनु पर्छ। उम्मेदवार बन्ने मान्छे पनि जितेर जानुपर्छ तब लडाइ होला । यहाँ सिधै प्रधानमन्त्री हुने होइन संसदीय प्रकृयामा छ । पहिला संसद्मा जितेर जानुपर्छ ।’

केन्द्रीय सदस्य तथा कांग्रेस बागमती प्रदेश निर्वाचन परिचालन समिति संयोजक मधु आचार्यले थापाको नेतृत्वमा मुलुक परिवर्तन सम्भव रहेको जिकिर गरे । उनले थापा मुलुक परिवर्तनको भिजनसहित अगाडि आएकाले साथ आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : २६ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित