प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त « Khabarhub

प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् ।

 कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने ,’सम्पर्कमा आउने सन्तुष्ट असन्तुष्ट नेता कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाई बुझाई गरिरहनु भएको छ ।’

भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता कार्यकर्तासँग जानकारी लिइरहेका छन् । धनगढी आएपछि प्रधानमन्त्रीको त्यस्तो औपचारिक चुनावी कार्यक्रम भने भएको छैन । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेलधुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले कात्तिक १७ देखि २० गते सम्म डडेलधुरामै बसेर विभिन्न पालिकामा भएका  सत्तागठबन्धनका चुनावी सभालाई सम्बोधन गरेका थिए । 

यसै बीच प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ । कात्तिक २३ गते नै कैलालीको निर्वाचन क्षेत्र ३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने जनाइएको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ४८ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई