मुख्यमन्त्रीद्वारा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री बर्खास्त | Khabarhub Khabarhub

मुख्यमन्त्रीद्वारा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री बर्खास्त


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिएका छन् ।

‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन् । पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।

सोमबार पोखरेल गृहजिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाएका हुन् । आचार्यले आफुलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताए । ‘के आरोप हो, किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’

आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताए । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित उनी नयाँ सरकार गठनका बेला मन्त्रीमण्डलमा समावेश थिए । यसअघि पनि सरकारविरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर, डा. बाबुराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ०० बजे

एकल अंकले घट्यो नेप्से, हाइड्रो र लगानी समूहमा हरियाली

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ

भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू) 

काठमाडौं– आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, ‘नेपाली मौरीजन्य उपजको संसारभर

पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन…

काठमाडौं– एमालेका युवा नेता महेश बस्नेत ०७१ सालमा उद्योगमन्त्री बनेका

जनकपुरमा देउवाले भने- गृहमन्त्रीले राजीनामा दिँदैनन्, राजावादीको आन्दोलन तुहिसक्यो

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै

गाजामा युद्धविरामको संयुक्त राष्ट्र सुरक्षा परिषद्को मागमा अमेरिकाद्वारा भिटो

एजेनसी – संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षा परिषद्को मस्यौदा प्रस्तावलाई