नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउँछौँ : महासचिव मैनाली « Khabarhub

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउँछौँ : महासचिव मैनाली


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माले) ले बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मुलुक, राजनीतिक स्थायित्व, लोकतन्त्र र जनहित लागि जनआलोच्य संवैधानिक प्रावधानलाई परिवर्तन गर्ने अभियानमा जुट्न मालेले अपिल गरेको छ ।

विभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै आएका बाह्य अवाञ्छित प्रभाव र हस्तक्षेपले राज्य कमजोर बनेको उल्लेख गर्दै पार्टीले जनजीविकामा सुधार र देश विकासका लागि सही नीति अपनाउन आह्वान गरेको छ ।

चुनाव चिह्न हँसिया तारा रहेको उक्त पार्टीले जारी गरेको अपिलमा भनिएको छ, “देशभक्त प्रगतिशील लोकतान्त्रिक शक्ति निर्माण गर्दै साझा एजेण्डा लागू गर्नु नै वर्तमानमा देशलाई अप्ठेरोबाट उद्धार गर्नु हो ।” निर्वाचनमा मतदान गर्नुअघि गम्भीर भई निर्भिकताका साथ मताधिकार प्रयोग गर्न आग्रह गर्दै पार्टीका महासचिव सिपी मैनालीले पार्टी विजयी भएमा लोककल्याणकारी अर्थतन्त्र अघि बढाउन र रोजगारीका लागि विदेश गएका नागरिकलाई स्वदेश फर्केर काम गर्न वातावरण बनाउने प्रतिबद्धता जाहेर गरे ।

भ्रष्टाचार भएको अकुत सम्पत्तिलाई अभियानकै रुपमा छानबिन गरी असुलउपर गरिने अठोट गर्दै उक्त पार्टीले संवैधानिक राष्ट्र प्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रमुख हुने प्रणालीको पक्षमा रहने मालेले जनाएको छ । नागरिकता नीति कसिलो, पूर्ण समानुपातिक निर्वाचन, पञ्चशीलको सिद्धान्त तथा असंलग्नतामा आधारित परराष्ट्र नीतिको पक्षमा पार्टी दृढताका साथ उभिँदै आएको बताउँदै महासचिव मैनालीले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउने उद्घोष गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ३८ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित