तालिबानले पाकिस्तानी नियोगमा सुरक्षा सतर्कता बढायो « Khabarhub

तालिबानले पाकिस्तानी नियोगमा सुरक्षा सतर्कता बढायो


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई पक्षबीच सम्बन्धमा तिक्तता आएको आशंका बढिरहेका बेला अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको छ । राजनीतिक एवम् कूटनीतिक रुपमा खतरा उत्पन्न हुनसक्ने भन्दै तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको अफगान डायस्पोरा नामक समाचार संस्थाले जनाएको छ ।

यसबाहेक अफगानिस्तानको राजधानी काबुल आसपास शंकास्पद व्यक्तिहरुको गतिविधिलाई पनि तालिबानले निगरानी गरिरहेको जनाइएको छ । काबुलस्थित दूतावाससँगै जलालावाद सहरमा रहेको पाकिस्तानी नियोगमा पनि तालिबानले सतर्कता बढाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो समय पाकिस्तानी पक्षले अफगानिस्तानसँग सीमा छुट्याउने ड्युरण्ड लाइन वारपार बसोबास गर्ने पश्तो समुदायका मानिसहरुलाई निशाना बनाइरहेको बताइएको छ । यसअघि दुई मुलुकका सुरक्षाबलबीच अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा भएको झडपका क्रममा एक अफगान महिलाको ज्यान गएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ०८ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्