दोस्रो बजारबारे प्रशिक्षण दिँदै नेपाल स्टक एक्सचेन्ज « Khabarhub

दोस्रो बजारबारे प्रशिक्षण दिँदै नेपाल स्टक एक्सचेन्ज


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्जले दोश्रो बजारको बारेमा प्रशिक्षित गर्न अभियान चलाउने भएको छ ।

सोमबार काठमाडौँमा नेप्से अनलाइन कारोबारको प्रगति बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौँ बाहिरका ग्राहक र बिद्यार्थीहरुलाई शेयर बजार बारे जानकारी दिन प्रशिक्षण अभियान चलाउने जानकारी दिएको हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं सावदले नेप्सेले अनलाइनको माध्यमबाट कारोबार सुरु गरे पछि देश भरिबाट शेयर किनबेच गर्न सकिने भएकोले दोश्रो बजारमा आउन इच्छुक सबैलाई शेयर कारोबार र अनलाइन कारोबार बारे जानकारी दिन आवश्यक रहेको बताए ।

दोश्रो बजारमा कारोबार गर्नेको संख्या काठमाडौँ उपत्यकाको तुलनामा उपत्यका बाहिरको संख्या बढ्दै गएकोले शेयर दलाल र बिद्यार्थीहरुलाई प्रशिक्षण दिन लागिएको बताए ।

नेपाल स्टक एक्सचेन्जले गएको कार्तिक २० बाट शेयर कारोबारको अनलाइन प्रणाली सुरु गरेको हो । यसबाट शेयर किनबेच, भुक्तानी र शेयर कारोबार सम्बन्धी अन्य सबै काम हुँदै आएको छ । नेप्सेको अनलाइन प्रणाली विभिन्न क्लियरिङ्ग कम्पनिहरु सँग पनि जोडिएको हुदा शेयर सम्बन्धि सबै काम छिटो हुन थालेको छ ।

अहिले अनलाइन प्रणालीमा सुचिकृत भएर एघार हजार बढी शेयर दलालहरुले कारोबार गरिरहेका छन् । हालसम्म अनलाइन प्रणाली मार्फत करिब १० अर्ब ६० करोड ३४ लाख कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३० बजे

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम

रवि पछि परेपनि रास्वपाको बलियो अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको